कालिका पावरको आइपीओ बिक्री खुला, कहाँ जाने भर्न ?

आइपिओ नोटिस 
कम्पनी : कालिका पावर कम्पनी
खुला भएको मिति : आज ((भदौ २८ गते, बिहीबार)
कित्ता : १२ लाख कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने अन्तिम मिति : छिटोमा असोज १ र ढिलोमा असोज २८ गतेसम्म
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता ६ हजार कित्ता

विवरण : 
कालिका पावर कम्पनीको १२ लाख कित्ता आइपिओ खुल्ला भएको छ । खुल्ला भएको आइपिओमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपिओ लगानीकर्ताले छिटोमा भर्न पाइने अन्तिम म्याद असोज १ गते र आवश्यक मात्रामा सेयर नपरेमा असोज २८ गतेसम्म भर्न पाइने छ  

आवेदन दिन सकिने शाखाहरु :
काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल 
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ६० करोड रुपैयाँ पुग्ने 
प्रकाशित : Thursday, September 13, 2018

recent

Popular Posts