×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सले पायो वेष्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड

काठमाडौँ – कास्कीको पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड नेपालका फाइनान्स मध्येको उत्कृष्ठ ब्यवस्थापन भएको फाईनान्समा चुनिएको छ । न्यू बिजनेश एज प्रा.लि.को आयोजनामा गत शुक्रवार सोल्टी होटलमा सम्पन्न नेपालकै ठुलो र प्रतिष्ठत बिजनेश अवार्ड कार्यक्रम न्यू विज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८ को वेष्ट म्यानेज फाइनान्स कम्पनीबाट सम्मानित भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले बताए । 
देशभर रहेका व्यवसाहिक संस्था मध्येबाट विभिन्न विधामा उनीहरुको कार्य मुल्याड्ढनका आधारमा विज्ञ समुह छनोट गरेको उत्कृष्ट कम्पनीहरुलाई कार्यक्रममा अवार्ड प्रदना गरिएको थियो । पोखरा फाइनान्स लिमिटेड २१ बर्ष पुरानो संस्था हो जसकोे अधिकृत पूँजी रु. ९४ करोड तथा चुक्ता पूँजी रु. ८१ करोड ६४ लाख ५० हजार एक सय पन्ध्र रहेको छ । संस्था हालसम्म निक्षेप रु. ४ अर्व ६० करोड, कर्जा लगानी रु. ४ अर्व २५ करोड कायम गर्न सफल भएको छ । 
वित्तीय संस्थाले हालसम्म १४ शाखाबाट सेवा दिईरहेको छ भने निकट भविष्यमा बाँझापाटन पोखरा, पालुङटार गोरखा, शारदानगर चितवन, र वुटवल रुपन्देहीमा थप चार शाखा सञ्चालनमा आउने जानकारी प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी गराए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: