×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणतन्त्र नेपालमा एमजी मोटर्सको ‘लूटतन्त्र’, एउटा गाडीमा १८ लाख नाफा, ठगींदै उपभोक्ता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- देशमा गणतन्त्र छ । यहाँ कसैको पनि मनपरी नचल्नुपर्ने हो । तर कानुनको धज्जी उडाएर विभिन्न कम्पनीहरुले लुट धन्दा चलाईरहेका छन् । यहिबीचमा ब्रिटिस अटोमोबाइल्स कम्पनी एमजीको नेपालका लागि आधिकारिक बिक्रेता एमजी मोटर्स नेपालले पनि नियम विपरित नाफा खाएर गाडीमा अस्वाभाविक नाफा खाएर जनता थागीरहेको तथ्य फेला परेको छ । कम्पनीले ‘एमजी जीएसएटी २ डब्ल्यूडी’ (जीएस १.५ टी ७ टीएसटी एटी २ डब्ल्यूडी) मोडलको गाडी बिक्री गर्दा प्रचलित कानुन विपरित एउटै गाडीमा १८ लाख नाफा खाएको फेला परेको छ । 
एक वर्षअघि १६ भदौ २०७४ मा नेपालमा सार्वजनिक भएको ‘एमजी जीएस’ मोडलको चारपांगे्र गाडीमा करबाहेकको जम्मा लागत २० लाख ४४ हजार ७६६ रुपैयाँ रहेको छ । त्यसमा करलगायत अन्य रकम थप्दा ४३ लाख ३० हजार ४७५ रुपैयाँ पर्न आउँछ । यो नै गाडीको वास्तविक लागत हो । तर मनपरी तरिकाले कम्पनीले गाडीको व्यापार गरिरहेको छ । 
फुल अप्सन एसयूभी, अटोमेटिक हेडल्याम्प, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र क्यामेरा, डीएबी रेडियो, ब्लुटुथ, जुन जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डर, ५५ लिटर क्षमताको फ्युल ट्यांक, अल ह्वील ड्राइभ, ५३०० आरपीएममा २१८ बीएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादनलगायत फिचर रहेको भनी प्रचार गरिएको यो गाडीमा एउटा गाडी किन्दा नै उपभोक्ता १८ लाख बढी तिर्न बाध्य छन् । नियम अनुसार २० प्रतिशत नाफा खानुपर्नेमा नियम विपरित नाफा खाइएको छ । अझ खास कुरा त के छ भने कम्पनीले प्रचार गरेजस्तो विशेषता गाडीमा नभएको आरोपसमेत विभिन्न उपभोक्ताहरुको गुनासो छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: