×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रेको थप २ शाखा रहित बैंकिङ्ग सेवा सुरु

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले इलाम र म्याग्दीमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २९ शाखारहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: