×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अाेली र प्रचण्ड नभएकै बेला माधव नेपालको यस्तो योजना

काठमाडौँ – नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) प्रति असन्तुष्टि केन्द्रीय सचिवालय सदस्य माधब नेपालले आज स्थायी समितिका सदस्यहरुको भेला आयोजना गरेका छन् । आफ्नो अनुपस्थितिमा ओली प्रचण्डले केन्द्रीय सचिवालय बैठक (५ असोज) डाकेर प्रदेश नेतृत्व गरेको विषयमा छलफलका लागि नेपालले ‘चियापान भेला’ आयोजना गरेका हुन् ।
अपरान्ह ३ बजे नेता नेपालको तर्फबाट बानेश्वरस्थित इन्द्रेनी होटलमा स्थायी समितिका सदस्यहरुलाई चियापानका लागि बोलाइएको छ । ५ असोजमा भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयप्रति असन्तुष्ट नेपालले सो विषयमा छलफलका लागि स्थायी समितिका सदस्यहरुलाई चियापानका लागि बोलाइएका हुन् ।
सोही दिनको बैठकमा नेपाल उपस्थित थिएनन्। उनी त्यो बेला अफ्रिकी राष्ट्र घानाको भ्रमणमा थिए । सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठपनि चीन भ्रमणमा थिए । सो बैठकले प्रदेश ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव छनोटको निर्णय गरेको थियो । यस्तो निर्णय गरेर अध्यक्षद्वय ओली र प्रचण्डले विधानको उल्लंघन गरेको आरोप नेता नेपालको छ ।
नेकपाको विधानमा केन्द्रीय सचिवालयलाई यस्तो निर्णय गर्ने अधिकार दिइएको छैन् । केन्द्रीय सचिवालयले यस्ता विषयमा प्रस्तावमात्र तयार पार्न सक्छ । यसैगरी कुनै महत्वपूर्ण निर्णय गर्दा सहमतिमा गर्नुपर्ने कुरापनि उल्लंघन गर्दै आफू र श्रेष्ठ नभएका बेला केन्द्रीय सचिवालयको बैठक डाकेर निर्णय गरिएको नेपालको आरोप छ ।
आजको ‘चियापान भेला’ मा नेपालले पार्टी विधान र पद्दति मिचेर अध्यक्षद्वय ओली र प्रचण्डले निर्णय गरेको बताउँदै के कसरी जाने भन्ने विषयमा स्थायी समितिका सदस्यहरुसँग छलफल गर्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: