×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद भवनमै मन्त्रीसँग कड्किए माधव नेपाल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

संसद भवनमै मन्त्रीसँग कड्किए माधव नेपाल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् ।
बिहीबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् ।
‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने, ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।’
नेपालले भने, ‘भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्नमा सरकार चुक्दा आलोचना भइरहेको छ, मन्त्रीहरुले यो कुराको ख्याल गरेका छन् कि छैनन् ?’
नेता नेपालले नेकपाको दुईतिहाइ बहमुतसहितको सरकार हुँदा पनि भ्रष्टाचार घटेर सुशासनको महसुस नभएको जनताले गुनासो गरिरहेको पनि बताए । नेता नेपालले पत्रकार हरिबहादुर थापाले लेखेको ‘रजगज’ किताब पढ्न पनि मन्त्रीहरुलाई सुझाए ।
‘मन्त्रीजीहरु एक रजगज पढ्नुस, रजगज पढेपछि देशको कहाली लाग्दो अवस्था थाहा हुन्छ’, उनले भने, ‘रजगजका कुरा अधिकांश अध्ययन गरेर खोजेर ल्याइएको छ । यसले राज्यको विभिन्न निकायको भ्रष्टचारको स्वरुप उदाङ्गो बनाएको छ। रजगज एक पटक पढ्नुस् मन्त्रीजीहरु ।’
सरकारको काममा कहीँ न कहीँ त्रुटी भएको औँल्याउँदै नेता नेपालले त्रुटी सच्याउन ढिला गर्न नहुने पनि जोड दिए । ‘कहाँ रह्यो त्रुटी र कहाँ रह्यो समस्या खोजी गर्नुस्’, उनले भने, ‘राम्रो काम गरेमा नेकपाको मात्रै होइन संसदको समर्थन हुन्छ, नेपाललाई भ्रष्टाचारमुक्त देश चाहिएको छ। गुणस्तरहीन कामहरुको अन्त्य चाहिएको छ नेपाललाई ।’
खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको नेता नेपालले बताए । ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’
अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने ‘ अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस् ।’
भ्रष्टाचार गर्ने र ठेक्कामा ढिलासुस्ती गर्ने र कालोसूचीमा परेकाहरु नै पुरस्कृत भइरहेको भन्दै उनले तिनीहरुलाई पटक पटक जिम्मेवारी दिनुको कारण के हो भन्ने प्रश्न उठेको बताए ।
अहिलेसरकारमाथि जनताको आशा र विश्वास रहेको र सरकारले काम गरोस् भन्ने चाहना रहेको नेता नेपालले बताए ।
‘यो सरकारले राम्रो काम गरोस्, भ्रष्टाचार गर्दिन भनेर होइन नगरेर देखाउनुपर्छ । छोराछोरी, पीए नातेदार विभिन्न च्यानल मिलाएर यस्ता कहिँ कतै छन् भने अन्त्य होस्,’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: