×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्यान्सरपीडित बालकलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ का रक्तक्यान्सर पीडित बालक विश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ । बैंकको काठमाडौँस्थित बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल अस्पतालमा उपचाररत ८ बर्षीय बालकलाई रु १० हजार नगदसहित फलफुल सामग्री प्रदान गरेको हो । 
बैंककी बानेश्वर शाखा प्रबन्धक सुजाता लामिछानेले सिभिल अस्पतालमा नै आएर क्यान्सरपीडित बालकका पिता जीवन कार्कीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । 
बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्ता खाले सहयोग गर्ने गरेको उनले बताइन् । रक्त क्यान्सरपीडित बालकलाई संस्थाको तर्फबाट यस्तो सहयोग गर्न पाउँदा सन्तोष लागेको उनले जनाइन् । 
बैंकका सबै शाखाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता खाले कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बैंकले जनाएको छ । 
पीडित बालकका पिता कार्कीले छोराको उपचारार्थ सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे । छोराको उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सबैसँग सहयोगका लागि उनले अपील गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: