×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मीका ग्राहकले नर्भिक इण्टरनेशनल हस्पिटलले प्रदान गर्ने सेवामा ५ देखि ३०% सम्म छूट पाउने

काठमाडौं – महालक्ष्मी विकास बैंक र नर्भिक इण्टरनेशनल हस्पिटल तथा मेडिकल कलेजबीच सम्झौता भएको छ । बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नर्भिकसँग सहकार्यात्मक सम्झौता गरेको हो । हालै सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले नर्भिकको विभिन्न सेवामा ५ देखि ३० प्रतिशतसम्म छूट पाउनेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
देशभर ७५ शाखाबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा उक्त अस्पतालको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमतिसमेत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: