×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् पुनर्गठन हुनेबारे प्रचण्डको नयाँ खुलासा, क-कसको मन्त्रीपद छ धरापमा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

मन्त्रिपरिषद् पुनर्गठन हुनेबारे प्रचण्डको नयाँ खुलासा, क-कसको मन्त्रीपद छ धरापमा ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।
‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’
कदम चाल्दा कसैले कसैलाई सिध्याउने नभई पार्टी, आन्दोलन र जनतालाई ध्यान दिएर निर्णय लिइने उनको भनाइ छ । आम जनतामा देखिएको निराशा मिडियामार्फत् पनि आएको बताउँदै प्रचण्डले सकारात्मक ढंगले समीक्षा गरिने बताए ।
‘सरकार र मन्त्रीहरूको विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा गर्ने प्रक्रिया सुरु भएको छ,’ प्रचण्डले भने, ‘दुई अध्यक्षबीच एक–आपसमा शंकाका रूपमा हेरिन्छ भन्ने होला, तर पार्टी र सरकारका विषयमा एक–आपसमा गम्भीर छलफल भइरहेको छ ।’ सरकार र पार्टी एकताको विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी पनि भएको खबर विरेन्द्र ओलीले नयाँ पत्रिकामा खबर लेखेका छन् ।
पार्टी कमिटीदेखि जनवर्गीय संगठनको एकता भदौभित्रै गरिसक्ने प्रचण्डले बताए । भदौभित्र एकता गरी जनतामा प्रशिक्षण चलाएर एक ढिक्का बनाउँदै अगाडि लैजाने उनको भनाइ छ । विवाद भएर एकतामा ढिलाइ नभएको उनको दाबी छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले समय व्यवस्थापन गर्न नसक्दा एकता प्रक्रिया ढिला भएको स्पष्ट पारे ।
‘दुई अध्यक्षको समय मिलाउनै गाह्रो भएकाले एकता लम्बिएको हो । कहिले कसको समय नमिल्ने, कहिले कसको नमिल्ने हुँदा एकता लम्बिदै गयो । तर, धेरै ढिला पनि भएको छैन,’ प्रचण्डले भने, ‘एकताको विषयमा दुई अध्यक्ष बसेर छलफल गरी टुंगो लगाउँछौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: