×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मात्रिकाको खुलासाः व्यापारीले मन्त्रीलाई फनफन्ती नचाए !

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा व्यापारीले नेता तथा मन्त्रीलाई व्यापारीहरुले नचाउन सक्ने गरेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको वैदेशिक लगानीको ढाँचाका सम्बन्धमा गरिएका कार्यक्रममा उनले सरकारसँग व्यापारी वा उद्योगी तर्साउनेभन्दा व्यापारीहरूले नै मन्त्री तर्साउने गरेको संकेत गरेका हुन् ।
मन्त्री यादवले भने, ‘मन्त्रीले अनुगमन गरेर तर्सायो भन्छन् कहाँ तर्सन्छन् व्यापारी ? उसले त नेतालाई फनफन्ती नचाउछ राष्ट्रिय अन्तर्रास्ट्रिय सम्बन्ध भएका हुन्छन् ।’ मन्त्री यादवले राम्रो काम गर्ने मान्छेले कानुनसँग डराउनु नपर्ने र अनुगमन गर्‍यो भनेर डराउन नपर्ने बताएका छन् ।
उद्योगीभन्दा बढी व्यापारी भएका कारण उद्योगीको साइनबोर्ड राखेर व्यापारीले वैदेशिक लगानीमा निरुत्‍साहित गरेको आरोप लगाए । व्यापार गर्न पल्किएकाहरूले वैदेशिक लगानी ल्याउने वातावरण बिगारिदिएको आरोप मन्त्री यादवले बताए ।
विदेशीलाई भड्काउने गरी काम नगर्न आग्रह गरे । कुनै समय कम्युनिष्टहरुले वैदेशिक लगानी आयो भने देश बेचिन्छ भन्ने मानसिकता राखे पनि खासमा यस्तो नहुने बताए । उनले अहिले वैदेशिक लगानीको आवश्यकता रहेको बताए । वैदेशिक लगानीको लहड कुन कुन विषयमा छ भनेर पत्ता लगाउनका लागि समिति बनाएर अघि बढेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: