×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले इन्स्योरेन्सको निर्जीवन बिमा सेवा लिन सक्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले इन्स्योरेन्सको निर्जीवन बिमा सेवा लिन सक्ने

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यो सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट जनरल इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: