×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नरेन्द्र मोदी त्रिभुवन विमानस्थलमा १९ मिनेट हराएपछि…

काठमाडौँ – आफूमात्र होइन, अरु ६ देशका सरकार प्रमुख त्यही विमानस्थल र त्यसकोपनि एक मात्र धावनमार्गमा ओर्लिनुपर्नेछ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर ट्याक्सी वेमा आएको १९ मिनेटसम्म पनि जहाजबाट ननिस्किएपछि परराष्ट्रका कर्मचारीलाई तनावको सीमा रहेन । बिहानको ८ः३० बजेबोइङ ७३७ बाट काठमाडौँमा अवतरण भइसकेपछि पनि जहाजबाट नओर्लिंदा उनको पछिपछि बंगलादेशकी प्रधानमन्त्री खालिदा जियाको आगमन तालिका प्रभावित भयो । आफू सवार जहाजको कार्गोबाट सबै सामान झिकिसकेपछि बल्लबल्ल मोदी ओर्लिएका हुन् ।
यस्तो हुँदा स्वागतार्थ प्रतीक्षारत शिष्टाचार महापाल दीपक अधिकारी इन्तुन चिन्तुहुनुस्वाभाविकै थियो । बंगालादेशकी प्रधानमन्त्री खालिदा जियाको जहाज ९ बजेर पाँच मिनेट जाँदा अवतरण हुने सेड्युल छ । तर, यता मुख्य पाहुना जहाजमै छन् । यसले गर्दा शिष्टाचार महापाल मात्र होइन, सुरक्षाकर्मी, स्वातार्थी अधिकारीदेखि एयर ट्राफिकसम्म अलमलमा परे । आफ्नो झण्डै चार वर्षे कार्यमालका बीच चौथोचोटि भारतीय प्रधानमन्त्री मोदी नेपाल आइपुग्न दुई दिन अघिसम्म पनि कमाण्डोले प्रयोग गर्ने साना हतियारबारे कुरा नमिल्दा काठमाण्डुमा दौडादौड चलिरहेको थियो । १२ गते बिहानसम्म उनको सुरक्षार्थ आउने ब्ल्याक क्याट कमाण्डोहरुले साथमा लिएर आएको हतियारको अनुमतिबारे परराष्ट्र मन्त्रालय, भारतीय दूतावास र विमानस्थल भन्सारका कर्मचारीहरु कुदाकुद गरिरहेकै थिए । त्यसो त भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा यति धेरैपटक आएको इतिहासकै यो दुर्लभ घटना हो । दुई दिनअघि म्यानमारका राष्ट्रपति विन मिन्ट आए, लुम्बिनी पनि गए ।
भूटानको अन्तरिम सरकार प्रमुख रहेका प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक पनि आइसकेका थिए । तर, ८ः५० मा बल्ल प्लेनबाट झरेका मोदीलाई कारकेडमा चढाएर सलामी दिन नपाउँदै बंगलादेशको जहाज अवतरण हुन लाग्यो । सलामी दिनेहरु उता कुद्ने कि यता अड्किने भन्ने अन्योलमा परे । त्यस्तै श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेना आउँदा परेको अविरल वर्षाका कारण सबै निथ्रुक्क भिजे । पानी परेकै कारण उनलाई जहाज राख्ने ह्याङगरभित्र सलामी दिइयो । पहिला गइन् बंगलादेशकी खालिदा जिया । त्यसबेला घाम लागेको थियो । थाई प्रधानमन्त्री प्रयुच चाअ‍ेचा जाँदा सिमसिम पानी परिरहेको थियो ।
सिपाहीले फत्त उनलाई छाता ओढाउँदा च्याप्प समाते, आफूले लिए । अरु दुईले पनि त्यसै गरे । तर, सवारीमन्त्री तोकिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पछाडिबाट सिपाहीले छाता ओढाइदिएको पत्तो भएन । त्यही फोटो देखाएर सरकारको भरमार आलोचना भयो । ईश्वर त्यही दिन लेबनान जाने कार्यक्रम थयो ।
जनआस्था साप्ताहिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: