एनबीका कर्मचारीको कार्यदक्षता वृद्धि गर्न एनबीआईले तालिम प्रदान गर्ने

काठमाडौं - नेपाल बङ्गलादेश (एनबी) बैङ्क र नेशनल बैङ्किङ इन्ष्टिच्युट (एनबीआई)बीच तालीम सञ्चालनसम्बन्धी सहमति भएको छ । 

बुधवार आयोजित एक कार्यक्रमबीच बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सहमतिअनुसार एनबीआईले एनबीका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालीम उपलब्ध गराउनेछ । यसका लागि बैङ्कले एनबीआईलाई वार्षिक ५० लाख रुपैयाँ रकम उपलब्ध गराउनेछ ।
प्रकाशित : Thursday, September 27, 2018

recent

Popular Posts