×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंकले एकैसाथ ल्यायो दुई नयाँ चमत्कारी कर्जा योजना

काठमाडौँ – एनआईसी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ । यी कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 
चमत्कारिक सवारी कर्जा
“एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नेछन् ।
चमत्कारिक सवारी कर्जाका आर्कषक विशेषताहरु :
१.तुरुन्तै कर्जा स्वीकृति (अन द स्पट फाइनान्सिङ) हुने 
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अतिन्यून मासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने )
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५.मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था
चमत्कारिक घर जग्गा कर्जा
त्यस्तै, बैंकले चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ । 
चमत्कारिक घर जग्गा कर्जाका आकर्षक विशेषताहरु :
१.आफ्नो आम्दानी अनुसार आफैँ मासिक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानीअवधि
३. आंशिक अथवा पूर्ण रुपमाविनाकुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्तार भुक्तानी अवधि कायम गर्न सकिने । 
५. मासिक ब्याजदर ०.९%मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: