एनआईसी एशियाको बदमासीविरुद्ध सहकारीका लगानीकर्ता आन्दोलित, भन्छन् 'एनआइसी एशिया, बैंक पनि, लुट पनि'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समयअघि भक्तपुरको एक साखामा लफडा निस्किएको केहि समय नबित्दै एनआइशि एशिया बैंकमा अर्को काण्ड मच्चिएको छ । बैंकले बदमासी गरेर ओरेन्टल सहकारीको धापासीस्थित २६ रोपनी जग्गा कब्जा गरेको भन्दै सहकारीका लगानीकर्ताले बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।

उनीहरुले ‘ एनआइशि एशिया बैंक, बैंक पनि लुट पनि, सम्पत्ति लुट्न पाइँदैन, ओरेन्टलको सम्पत्ति फिर्ता गर’ लगायतका नारा लगाएका थिए । विरोध र्‍यालीका सहभागीले बैंकले सहकारीको २६ रोपनी जग्गा कौडीको भाउमा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेलाई फोन गर्दा उनले फोन उठाएनन् ।

एग्रेसिभ रुपमा लागेको भनी चर्चामा आएको बैंकभित्र अनेकौं लफडा निस्किरहेको चर्चा चलिरहेका बेला यस्तो काण्ड बाहिर आएको हो ।  
प्रकाशित : Monday, September 10, 2018

recent

Popular Posts