एनआईसी एशिया र गुराँस लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट ईन्स्योरेन्सको बीमा पोलिसी लिन सकिने

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।
प्रकाशित : Wednesday, September 05, 2018

recent

Popular Posts