×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता वृद्धि गर्न एन.बी.आईले तालिम प्रदान गर्दै

काठमाडौँ – नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र एनएमबि बैंक लि.बीच भदौ २८ गते तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा एनएमबि बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एन.बी.आईले एनएमबि बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनएमबि बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: