नेसनल माइक्रोफाइनान्सले २५% बोनस र १५% नगद लाभांश दिँदै

काठमाडौं - नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४०% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफबाट २५% बोनस र १५% नगद लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।  नेसनल माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यसमा २५% बोनस सेयर वितरणपछि पुँजी १५ करोड ४ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Friday, September 21, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal