×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आक्रोसित हुँदै नेपालले भने–दक्ष र योग्य कार्यकर्ताको बलि चडाएर म नेता बन्दिँन

काठमाडौं – नेकपा पार्टी एकीकरणका लागि बनेका जिल्ला र प्रदेश कार्यदलले आफ्नो सिफारिस प्रतिवेदन पार्टी महासचिव बिष्णु पौडेललाई बुझाए लगतै पूर्व एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । पूर्व एमालेभित्र बनेका कार्य दलले विधि र प्रक्रियाभन्दा बाहिर गएर जवरजस्ती सिफारिस गरेपछि पूर्व एमालेभित्र सुनामी गएको हो ।
प्रदेश नम्वर ५ मा सवैभन्दा बढि बिधि र प्रक्रिया मिचिएको छ भने अन्य कतिपय जिल्लामा पनि विधि र प्रक्रियाभन्दा बाहिर गएर जिल्ला र प्रदेशको नेतृत्वमा सिफारिस गरिएको छ । जिल्ला र प्रदेश कार्यदलले गरेका सिफारिसप्रति जिल्ला र प्रदेशका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् भने सचिवालयका नेताहरु त्यो भन्दा बढि आक्रोसित देखिएका छन् ।
एमाले पूर्वअध्यक्ष समेत रहेका झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम प्रदेश र जिल्ला कमिटीका सिफारिसप्रति आक्रोसित बनेका छन् । पूर्व एमालेभित्र केपी ओलीका नाममा गुट आतंक नै मच्चाएको ठहर खनाल, नेपाल र गौतमले गरेका छन् ।
ओली गुटका नाममा केही नेताले आतंक नै मच्चाउन थालेपछि नेपाल समुहले सामानान्तर कमिटी गठनसम्मको तयारी थालेको छ भने पार्टी कार्यकर्ताको बलि चडाएर आफु नेता नबन्ने उद्घोष माधव नेपालले पनि गरिसकेका छन् ।
‘विधि र प्रक्रियाभन्दा बाहिर गएर बन्ने कमिटीले कम्यूनिष्ट पार्टी सञ्चालन गर्न सक्दैनन्’ आफ्नो समुहको भेलामा नेपालले भने ‘म योग्य र सक्षम कार्यकर्ताको बलि चडाएर नेता बन्दिँन ।’ उनले विधि र प्रक्रियामा नगए सचिवालयको बैठक बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।
शुक्रवार नेपाल समुहको बैठक काठमाडौंको बानेश्वरमा बसेको थियो । बैठकमा नेपालले अब चुप लागेर नबस्ने बताए । ‘विधि र प्रक्रियाबाट जो साथी नेतृत्वमा आएपनि केही छैन, तर राम्रालाई पाखा र आफ्नालाई काखा गरे सहन अब म सक्ँिदन’ उनले भने । नेपाल जस्तै आक्रोसित पूर्व अध्यक्ष खनाल पनि छन् । उनले विधि र प्रक्रियाभन्दा वाहिर जान खोजे त्यसको प्रतिवाद गर्ने कार्यकर्तालाई बताउन थालेका छन् ।
स्थानीय तह, संघ र प्रदेशको निर्वाचनदेखि पार्टी एकतासम्म नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए । आफु निकटका कार्यकर्ताको निरन्तर कत्लेआम हुन थालेपछि नेपाल आक्रोसित बनेका हुन् । ओलीभन्दा ओली निकटको दावी गर्दै आउने अन्य नेताबाट योग्य कार्यकर्तामाथी अन्याय भएको ठहरमा नेपाल पुगेका छन् । ओली समुहबाट भएका गुट आतंकबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सशंकित बनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: