×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेतृत्व बिहीन बन्यो ‘नेकपा’, धमाधम अध्यक्षको खोजी ! कसले मार्ला बाजी ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यबाहक अध्यक्षको खोजी धमाधम हुन थालेको छ ।
नेकपाका दुबै अध्यक्ष विदेशमा रहेपछि कार्यबाहक अध्यक्ष को हो भनेर सामाजिक सञ्जालमा शुभेच्छुकहरूले धमाधम खोजी गरेका हुन् । नेकपा दुई दिनदेखि नेतृत्वविहीन चएको चर्चा सामाजिक सञ्जामा गरिएको छ ।
अध्यक्षद्वय केपी ओली अमेरिका र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुरमा छन् । ओली अमेरिका जाने बेला कार्यवाहक तोकेका थिएनन् । प्रचण्ड सिंगापुर जाने बेला पनि कसैलाई कार्यबाहक नतोकी उडेका हुन् । ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए । यस पटक यस्तो किन भयो भनेर कार्यकर्ताले आश्चर्य व्यक्त गरेका छन् ।
ओली असोज ६ गते न्यूयोर्क जाँदा दोस्रो अध्यक्ष प्रचण्ड भएकाले कार्यवाहक दिनुपरेको थिएन । प्रचण्ड पनि पत्नी सीता दाहालको उपचारका लागि बुधवार साँझ सिंगापुर उडेका छन् ।
नेकपाको शीर्ष वरीयता अनुसार तेस्रो नम्बरमा रहेका माधव नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाएको स्वकीय सचिव मोहन गौतमले बताएका छन् । प्रचण्ड सिंगापुर गएको बेला अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने क्रममा नेपाललाई लिखित रुपमा कार्यवाहक जिम्मा दिइएको थियो ।
सचिवालयले पछिल्लो पटक प्रदेश कमिटीका पदाधिकारी चयन गरेको निर्णयमा वरिष्ठ नेपाल असन्तुष्ट छन् । उनी अफ्रिका भ्रमणमा रहेका बेला निर्णय भएको थियो । नेपालले आफ्नो असहमति स्थायी कमिटी र सचिवालय बैठकमा राख्ने बताउने गरेका छन् ।
नेकपाको कार्यवाहक अध्यक्ष कसैले नपाए पनि सरकार र संसदीय दलको नेतृत्वमा भने कार्यवाहक जिम्मेवारी दिइएको छ । ओली विदेश जाने क्रममा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सुवास नेम्वाङलाई लिखित रुपमै दिइएको छ ।
कार्यवाहक अध्यक्ष कोही पनि नतोकिदा पार्टी अहिले नेतृत्वविहीन रहेको भन्दै एक नेताले भने, ‘कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आयो भने अन्यौलता छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: