×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्मलाका आमाबाबुले भने-एसपी बिष्टले सवै प्रमाण नष्ट गरे,उनकै डिएनए परिक्षण गरियोस्

काठमाडौं – न्याय खोज्दै काठमाडौं आइपुगेका निर्मला पन्तका आमा बाबुले एसपी डिल्लीराज बिष्ट र उनी मातहतका कर्मचारीलाई हिरासतमा लगि छानविन गर्न सरकारसँग माग गरेका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले मुख्य दोषिलाई उम्काउन एसपी बिष्टले उनको टोलीले दशी प्रमाण नष्टको उनीहरुले बताएका छन् ।
-हामीले आइजीपी घरमा जाँदा एसपी बिष्ट र उनको समुहले छोरीका हत्यारालाई बचाउन सवै प्रमाणहरु नष्ट गरेको बताएका थियौ, तरपनि आइजीपीले हाम्रो कुरा विश्वास गर्नु भएन, निर्मलाका आमा बाबुले भने- एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेटी, अङ्गुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्काले प्रमाणहरु नष्ट गरेका हुन् ।
एसपी बिष्ट र डीएसपी सेटीको पनि डिएनए परिक्षण गर्न निर्मलाका आमा बाबुले सरकारसँग माग गरेका छन् । एसपी बिष्टले दोषि करार गरेका सवै ब्यक्ति निर्दोष सावित भएपछि अब अनुसन्धानको निशाना एसपी बिष्टमाथी परेको छ । उनीहरुले नै बलात्कारपछि हत्या गरेको आशंका पीडित परिवारले गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: