×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कहाँबाट आयो यो सैन्य अभ्यास ? यो क्षमता अभिवृद्धि हो’ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कलाई विस्थापित गर्न बिमस्टेक नआएको प्रष्ट पारेका छन् ।

प्रतिनिधि सभा बैठकमा सासदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सार्क विमस्टेकको विकल्प नहुने बताएका हुन् ।

उनले सार्क राष्ट्रका सदस्यहरुबीचका असमझदारी हटाउनुपर्ने पनि बताए । उनले नेपालको परराष्ट्र नीति कतै ढल्कने र पक्षविपक्षमा लाग्ने नभएको स्पष्ट पार्दै वर्तमान सरकार राष्ट्रहित विपरित कुनैपनि प्रश्न उठ्न नदिने बताए ।

बिमस्टेकको अध्यक्षता १५ गते मध्यान्ह सफलतापूर्वक हस्तानतरण गरेको भन्दै अव अहिले सार्कको अध्यक्षको हैसियतले पाकिस्तान र भारतका प्रधानमन्त्रीसँग आफूले गतिशिल बनाउने विषयमा छलफल गरेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय, क्षेत्रिय हितका विषयहरुमात्रै सम्मेलनको घोषणापत्रमा उल्लेख गरेको भन्दै उनले अन्तरष्ट्रिय कुरालाई अनावश्यक उचाल्न नहुने बताए । उनले सुरक्षाका सवालमा सांसदहरुले उठाएको प्रश्नमा सरकार प्रमुखहरुले सुरक्षाकर्मी लैजाने परम्परा नै भएको बताए ।

रिट्रिट स्थल फेरिनुमा पनि प्रधानमन्त्रीले जवाफ दिए । ‘चौरीमा पानी परिरहेको अवस्थामा बस्न मिल्दैन अनि सुरक्षित स्थान खोज्नैपर्छ,’ उनले भने । राष्ट्रिय सभागृहमा सम्मेलन किन भएन भन्ने प्रश्नमा जहाँ सहज भयो त्यहि गरेको प्रधानमन्त्रीको जवाफ थियो ।

‘अचम्म कहाँबाट आयो यो सैन्य अभ्यास ? यो क्षमता अभिवृद्धि हो । मन्त्री भैसकेका माननीयले पनि यो कुरा नबुझेर जस्तै प्रश्न गर्नुभयो’ प्रधानमन्त्रीले भने, ‘क्षमता अभिवृद्धिबाहेक अरु कुनै सैन्य अभ्यास नहुने र मिलिटरी प्याक्टमा नेपाल प्रवेश गर्नै सक्दैन ।’

उनले भारतीय सेना प्रमुख र नेपालको सेनाप्रमुखबीच मानार्थ पद दिने परम्परा भएकाले त्यसविषयलाई पनि अनावश्यक डिक्लियरेसनको कुरा नगर्न आग्रह गरे ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: