×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपतिबाट प्रधानसेनापति थापालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । उनले आजै सैनिक मुख्यालय जंगी अड्डा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागीता थियो । थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अवकाश पाउने भएपछि एक महिनाअघि नै विदा बसेका थिए । विगतको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गरेका थिए ।
क्षेत्रीको कार्यकाल भदौ २४ बाट औपचारिक रुपमा सकिएकाले नेपाली सेनाको कमाण्ड औपचारिक रुपमा थापाको हातमा आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: