नेकपा अध्यक्ष दाहाल आज भारत जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् । प्रचण्ड दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ चने उनले आर्इसिडब्लुएले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्नेछन् । 

पूर्व निर्धारित कार्यक्रमअनुसार उनी २६ गतेसम्म भारतमै बस्ने तय भएको भएपनि नेकपा सचिवालय बैठक भाद्र २४ र २५ गते र स्थायी कमिटी बैठक २७ र २८ गते बस्ने भएको हुनाले उनले तीन दिनमै भ्रमण टुङ्ग्याउन लागेका हुन्। लगत्तै भाद्र ३० गते प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम तय भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ।
प्रकाशित : Thursday, September 06, 2018
,

recent

Popular Posts