×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिल्लीराज रावतको अध्यक्षतामा क्रान्तिकारी पत्रकार संगठनमा नयाँ नेतृत्व, महासचिवमा अर्थ सरोकारकर्मी भुसाल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकारहरुको संगठन नेपालको क्रान्तिकारी पत्रकार संगठन नेपालले नयाँ नेतृत्व पाएको छ । गत बैशाख १५, १६ र १७ नगरकोट सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले डिल्लीराज रावतको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति सर्वसहमतिबाट चयन गरेको छ ।
संगठनको अध्यक्षमा डिल्लीराज रावत निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपबहादुर घर्ती, जन्मदेव जैसी निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष रावत रेडियो तहल्काका प्रमुख हुन् । यस्तै बाबुराम भुसाल महासचिवमा चुनिएका छन् । उनले सञ्चाल गर्ने अर्थ सरोकार डटकमद्वारा प्रस्तुत अर्थ राजनीतिक टेलिभिजन कार्यक्रम ‘कुरा खस्रा मिठा’ यति बेला निकै चर्चामा छ ।  
यता कोषाध्यक्षमा तिलक अधिकारी र सचिवमा जीवन हमाल, बैकुण्ठ गिरी, उन्नती चौधरी, रूपेन्द्र ऐडी, धनन्जय बुढा, राजेन्द्र अधिकारी, साहस भट्ट, राजकुमार मर्हजन सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यमा दाङबाट सन्तोषकुमार गुप्ता, जङ्ग रेउले र बिदुर एमसी पनि निर्वाचित भएका छन् । अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेल पनि उक्त संगठनका केन्द्रीय सदस्य हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: