×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मकवानपुरे ५ चेलीलाई सम्मान, दुनाटपरी प्रतियोगिता

मकवानपुर – मकवानपुरे ५ चेलीलाई रेडियो सरोबरले सम्मान गरेको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा ‘सरोबर चेली सम्मान २०७५’ बाट मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ चेलीलाई बुधबार एफएमले सम्मान गरेको हो ।
एफएमले सामाजिक क्षेत्रबाट सम्झना पौडेल, राजनीतिक बाट तिर्थदेवी सिलवाल, शिक्षाबाट निम तोल्मा आचार्य र पत्रकारिता क्षेत्रबाट मिना श्रेष्ठलाई सम्मान गरेको हो । साथै रेडियो सरोबरका स्टेसन संयोजक रबिन्द्र गौतम ’उत्कृष्ट कर्मचारी’को रुपमा सम्मानित भए । 
त्यस्तै रेडियोले दुनाटपरी गास्ने, बत्ति काट्ने प्रतियोगिता ’आयोजना गरेको थियो । हेटौडाको पशुपति मन्दिरको सभाहलको भएको कार्यक्रममा ११ जना अबिबाहित चेलीहरुले भाग लिएका थिए । १० मिनेट भित्र दुना टपरी र बत्ति काट्नुपर्ने समय छुट्याइएको थियो । प्रतियोगितामा ३ जना उत्कृष्ट भए । दिइएको समय भित्र राम्रो टपरी गास्ने र धेरै बत्ति काट्ने उत्कृष्ट ३ जनालाई सम्मान सहित पुरस्कार दिइएको थियो । प्रतियोगितामा सुधा श्रेष्ठ तृतीय, निरु खड्का दृतिय र शर्मिला सदासंकर प्रथम भईन् । 
एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षता तथा प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देलले महिलाहरुले जे पनि गर्न सक्छौ भनेर अघि बढे समाज परिवर्तन हुन समय नलाग्ने बताउनुभयो । एमएमले चेली सम्मान गरेर उर्जा थप्ने काम गरेको र नया पुस्ताले हाम्रो कला सस्कृति भुल्न हुन्न भन्ने संदेश दिन दुनाटपरी र बत्ति काट्ने प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद दिनुभयो । 
कार्यक्रममा रेडियोका स्टेसन म्यानेजर राजु लामिछानेले हाम्रो कला सस्कृति र परम्परा पछिल्लो पुस्ताले बिर्सिदै गएकाले यसको जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिन खुल्ला दुनाटपरी र बत्ति काट्ने प्रतियोगिता आयोजना गरेको बताउनुभयो । रेडियाले कार्यक्रममा उपस्थित र नाचगानमा सहभागी ३ सय बढी महिलाईहरुलाई उपहार समेत दिएको थियो ।
एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य मुनु सिग्देल, बिशेष अतिथि हेटौडा उपमहानगरपालिकाकि उप(प्रमुख मिना लामा, अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष हरी हुमागाईं, प्रदेश ३ सचिव कृष्ण सारु मगर लगाएतको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: