रिडी हाइड्रोपावरले ६% बोनस र कर तिर्न ०.३१% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रिडी हाइड्रोपावरले ६% बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र कर तिर्न ०.३१% नगद लाभांश दिने निर्णय गरेको हो ।

अब साधारण सभाले अनुमोदन गरेपछि यो लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । रिडीले लाभांश प्रस्ताव लगायतका एजेन्डा पारित गर्न असोज २० गते साधारण सभा पनि बोलाएको छ । 
प्रकाशित : Thursday, September 13, 2018

recent

Popular Posts