×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैँको अवसरमा शिखर सुजको बाहार…’फेरि आयो पाडो किन्दा भैंसी उपहार !’

काठमाडौँ –शिखर सुजले नजिकिँदै गएका दशैँ-तिहार लगायतका चाडबाडलाई लक्षित फेरि आयो पाडो किन्दा भैंसी उपहार योजना ल्याएको छ । 
दशैं-तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको हो । यस योजनामा जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्परमा कार उपहार पाउने छन् । 
ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउने छ । स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले ह्याच्ब्याक कार जित्ने छन् । 
शिखरले चाडबाडलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । ती डिजाइनमा पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुजका विभिन्न मोडल छन् । नेपाली जुत्तामध्ये धेरै ग्राहकको रोजाइमा पर्दै आएको शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित ती गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ताचप्पल उत्पादन गरेर बजारमा लैजाँदै आएको छ । शिखरका पार्टी, स्पोर्टस, क्याजुअल जुत्ताबाहेक लेडिज तथा जेन्स स्यान्डल, कलेज÷ स्कुल शु र र अफिसियल शु बजारमा छन् । नेपाली जुत्तामध्ये शिखर सबैभन्दा बढी विक्ने जुत्ता हो । कम्पनीले ग्राहकलाई ढुक्क भएर जुत्ता लगाउन सक्ने गरी आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: