×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २ नयाँ शाखा रुपन्देहीको खैरेनी र फर्साटिकरमा

काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले आफ्नो नयाँ शाखा रुपन्देही जिल्लाको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा सञ्चालन गरिएको हो । शाखा विस्तार पश्चात रुपन्देहीमा १२ शाखा कार्यालय पुगेका छन् भने कुल शाखा संख्या ३६ पुगेको छ । यसबाहेक, १ वटा एक्सटेन्सन कार्यालयबाट समेत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकले रुपन्देही जिल्लाको शंकरनगर र कोटिहवा तथा नवलपरासी जिल्लाको सुनवलमा छिट्टै शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । आवश्यकता र सम्भाव्यताका आधारमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ । 
चुक्ता पूँजी एक अर्व ६२ करोड रहेको यस बैंकले हालसम्म १४ अर्व ६५ करोड निक्षेप परिचालन गरि १३ अर्व २१ करोड कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइसकेकोले आगामी असोज २८ दशौं बार्षिक साधारणसभा गर्न लागेको समेत बैंकले जानकारी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: