×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुभम् पावरको ५ लाख ८० हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं : आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । शुभम् पावर कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता आइपीओ जारी गर्न  लागेको हो । कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले उक्त आइपिओ सर्वसाधारणको लागि खुला गर्न लागेको हो  । 
यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ । शुभम्ले हाल संखुवासभा जिल्लामा ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: