×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंक र हेल्पिङ हेण्ड्सबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ५०% सम्म छुट

काठमाडौं – सिद्धार्थ बैंकले ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हेल्पिङ हेण्ड्स सामुदायिक अस्पतालसँग सहकार्य गरेको छ । 
उक्त सहकार्यात्मक सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले हेल्पिङ हेण्ड्समा उपचार गराउँदा ५० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । बुधवार आयोजित एक कार्यक्रमबीच बैंक र हस्पिटलबीच सोसम्बन्धी सहमति भएको हो । बैंकका पेमेण्ट सोलुशन्स विभागका सुरेशराज महर्जन र अस्पतालका अध्यक्ष डा. कृष्णप्रसाद अधिकारीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 
साथै, सिद्धार्थ यूएनओ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा थप साढे २ प्रतिशत छूट पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले देशभर १ सय २६ शाखा तथा १ सय ३१ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: