×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्सुरेन्सको हकप्रद भयो बाँडफाँट, कतिले दियो आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्धार्थ इन्सुरेन्सको २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद सेयर आइतबार बाँडफाँट भएको छ । उक्त बाँडफाँटमा हकप्रद सेयरमध्य २२ लाख ७ हजार ७५७ कित्ताका लागि मात्र आवेदन परेको छ भने बाकी रहेको ३७ हजार २१६.५० कित्तामा आवेदन परेको छैन् । बिक्री हुन नसकेको सेयर इन्सुरेन्सले अब प्रक्रिया पुर्याएर लिलामीमा ल्याउनेछ । 
यस हकप्रदमा ६ हजार १६५ जनाले आवेदन दिएका थिए । हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रद बिक्री र बाँकी सेयर लिलामीमा बेचेपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: