×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिराहामा माछापूच्छ्रे बैंकका दुई नयाँ शाखारहित बैंकिङ सेवा, रियल टाइममा नै खाता खोल्न मिल्ने

काठमाडौँ – माछापूच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा थप २ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापूच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ २७ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंक को देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: