साबुन उद्योगमा भीषण आगलागी, पाँच करोडको क्षति

वीरगञ्ज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी भएको छ । उक्त आगलागीमा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईले खोलेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।
प्रकाशित मिति : Monday, September 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal