समिट माइक्रोफाइनान्सले २३.५३% बोनस दिँदै, कर तिर्न १.२४% नगद पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - समिट माइक्रोफाइनान्सले २४.७७% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीको २३.५३% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.२४% नगद लाभांश दिने निर्णय गरेको हो ।

यो बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । माइक्रोफाइनान्सको चुक्ता पुँजी १७ करोड रुपैयाँ रहेको छ भने बोनसपछि चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Monday, September 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal