×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१००% हकप्रदमा मूल्य समायोजनपछि स्वदेशी लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयरको समायोजित मूल्य ८०१ रुपैयाँ ५० पैसा कायम भएको छ । आज सोहि मूल्यलाई आधार मानेर संस्थाको सेयर कारोबार खुल्ला भएको छ । यसको औसत आधार मूल्य भने ५०३ रुपैयाँ २५ पैसा छ ।
स्वदेशीले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न सोमबार बुक क्लोज गरेको हो । आइतबारसम्म कायम सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन पाउने छन् । यसको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल हो । हाल स्वदेशीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: