तिनाउ विकास बैंकले १२% बोनस र कर तिर्न ०.६३% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ - तिनाउ विकास बैंकले १२.६३% लाभांश दिने भएको छ । बैंकले आइतबार बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पुँजीको १२% बोनस र कर तिर्नको लागि ०.६३% नगद लाभांश दिने निर्णय गरेको छ । 

यसलाई अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।
नियामक निकाय र साधारण सभाले स्वीकृत गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार ९१४.०७ रुपैयाँ रहेको छ भने १२% बोनस सेयरपछि चुक्ता पुँजी ५६ करोड ७७ लाख ६७ हजार १०३.७६ रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Monday, September 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal