×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वल्र्डलिंकको ‘इन्टरनेट फरर, विदेश सरर’ योजन अायाे

काठमाडौं – वल्र्डलिंक कम्युनिकेशन्सले नजिकै आएका दशैंतिहार लगायतका चाडलाई लक्षित गरी इन्टरनेट फरर, विदेश सरर नामक ग्राहक योजना ल्याएको छ ।
यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियालगायता घुम्नलायक सहरहरुको भ्रमण गर्ने अवसर पाउनेछन् ।
वल्र्डलिंक कम्युनिकेशन्सले २३ औं वर्ष पूरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।
यसै अवसरमा वल्र्डलिंकले इन्टरनेट खरिद वा नवीकरण गर्दा समेत भारी छुट पाउने छन् । नयाँ इन्टरनेट जोड्दा र नवीकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ ।
यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निःशुल्क सेट अप बक्ससहित १२ महिना नेटटिभी (आइपी टिभी) प्राप्त गर्नेछन् । कम्पनीका देशभर २ लाख ४० हजार भन्दा बढी ग्राहक छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: