×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विभिन्न बैंकका एटिएम चोरेर क्यासिनोमा मस्ती गर्नेहरु प्रहरीको फन्दामा, नेपाली नागरिक अनुज नकर्मी मुख्य दलाल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विभिन्न बैंकका एटिएम चोरीमा संलग्न भारतीय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई सोमबार ठमेलबाट प्रहरीले पक्राउ गरेको छ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) बसन्त लामाले दिएको जानकारी अनुसार करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न रहेकाे अनुसन्धानमा भेटीएकाे छ । 
उनले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार आइर्तबार रातभर एटिएम फ्रड गर्नेहरु मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेपछि प्रहरीले उनिहरुलाई सोमबार विहान मात्र नियन्त्रणमा लिएको थियाे । भारतीय नागरिकहरुसँगै पक्राउ परेका क्षेत्रपाटी बस्ने नेपाली नागरिक अनुज नकर्मीले ब्रोकरको काम गर्दै आएककाे प्रहरीले जानकारी दिएकाे छ । 
भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: