×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अभानी एडभर्टाईजिङको कर्तुत नम्बर १ : होन्डा बाइकको बिज्ञापन बनाउँदा कानुनको ठाडो उल्लङ्घन…! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘अभानी एडभर्टाईजिङ’, नेपाली बिज्ञापन एजेन्सीको दुनियाँमा चलेको नाम हो यो । ‘होन्डा’ नेपाली अटो क्षेत्रमा चलेको अर्को नाम । दुवै ठूला कहलिएका ‘ब्राण्ड’ । तर ठूलाले जे गरेपनि हुन्छ भन्ने शैलीमा उक्त बिज्ञापन एजेन्सीले होन्डा बाइकको बिज्ञापन बनाउँदा नेपालको प्रचलित कानुन मिचेको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । नेपालमा दर्ता भएको यो कम्पनीले होन्डाको बिज्ञापन बनाउँदा राष्ट्र र राष्ट्रियताका जगेर्नाका लागि बनेका केहि महत्पूर्ण कानुनको धज्जी उडाउँदै नेपाली झण्डाको दुरुपयोग गरेको पाइएको छ । कानुनले बर्जित गरेको काम गर्दा पनि कम्पनी कारवाहीको दायरामा नआउँदा एकातर्फ कानुनले गलत भनेको कार्य खुलेआम भइरहेको छ भने नेपालका टेलिभिजन र अन्य सार्वजनिक स्थानमा पनि यो बिज्ञापन प्रदर्शन भइरहेको छ । 
कानुनको ठाडो उल्लङ्घन गर्दै अभानी एडभर्टाईजिङ !
होन्डाको बिज्ञापनमा ठाउँ-ठाउँमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग भएको छ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कायविधि २०६९’ ले कुनै व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा प्रयोग गर्नु ‘अपराध’ हुने उल्लेख गरेको छ । राष्ट्रिय झण्डा प्रयोग कार्यविधिले मात्र होइन, भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले पनि व्यापारिक प्रयोजनमा झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्षसम्म कैद सजाय तोकिएको छ । 
यदी राष्ट्रिय झण्डाको दुरुपयोग गरिएमा त्यसलाई अपराध ठानी कानुनी कारवाही गरिनेसमेत नेपालको प्रचलित कानुनमा स्पष्ट उल्लेख छ । तर अभानी एडभर्टाईजिङ नामक विज्ञापन सम्बन्धि काम गर्ने कम्पनीले केहि समय अगाडी मात्र बनाएको होन्डाको बिज्ञापनमा नेपाली झण्डाको थुप्रै ठाउँमा प्रयोग गरेको छ । १ मिनेट हाराहारीको बिज्ञापनमा थुप्रै ठाउँमा नेपाली झण्डाको प्रयोग भएको स्पस्ट देख्न सकिन्छ । अझ व्यापारिक प्रयोजन नै देखाउन खोजिएका सटहरुपनि स्पष्ट देख्न सकिन्छ । अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ २०६९ जेठ २२ गतेदेखि लागू भएको छ, र सो कार्यविधि राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्य गर्न निषेध गरिएको छ । निषेध गरिएका कार्यमध्ये ‘३’ नम्बरमा (घ) मा भनिएको छ- ‘व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइनेछैन ।’ 
गृह मन्त्रालयका प्रवक्ता भन्छन्, ‘कानुन मिच्ने कसैलाई छोड्दैनौं’
होन्डाको बिज्ञापनमा यसरी कानुनको खुलेआम धज्जी उडाइएको पाइएपछी हामीले यस विषयमा हामीले गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीसँग कुराकानी गरेका थियौं । बिज्ञापनमा नेपाली राष्ट्रिय झण्डा प्रयोग गरेकोबारे हाम्रो प्रश्नमा उनले कार्यविधिविपरीत राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई कानुनबमोजिम सजाय हुने र यस्तो सजायमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे । ‘सरकारले राष्ट्रिय झण्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ बनाएको छ, जसमा कहाँ र कुन अवस्थामा यसको प्रयोग गर्ने भन्नेबारे प्रस्ट व्यवस्था छ । बिज्ञापनमा झण्डाको प्रयोग गर्न पाइनदैन भन्ने कुरा पनि कार्यविधिमा स्पष्ट छ । प्रमाणसहित उजुरी दिनुहोस्, मुलुकी फैजदारी अपराध संहिताअनुसार दोषीले सजाय पाउँछ ।
को को छन् यो काममा संलग्न ?
कानुनले अपराध भनेको काम गर्ने वा गर्न सहयोग गर्ने सबैलाई कारवाही हुने व्यवस्था छ । कानुन मिचेर बनाइएको यो बिज्ञापनको सम्पूर्ण निर्माण जिम्मा अभानीले लिएको हो । यसलाई निर्देशन गर्ने काम अभानीकै समूहका राहुल मुखर्जीले गरेका छन् । यसको पोष्ट प्रोडक्सनपनि अभानीमै गरिएको छ । ‘होन्डा ५० एयर्स इन नेपाल’ नाम दिइएको यो बिज्ञापनका अन्य समूहहरु यस्ता छन् । उजुरी परेको खण्डमा यो बिज्ञापनले नेपाली राष्ट्रिय झण्डा कार्यविधि मिचेर काम गरेको प्रमाणित हुन्छ भने कानुनले यसलाई अपराधका रुपमा व्याख्या गरेको छ । यदी कसैले पनि अभानीका विरुद्ध मुद्धा दर्ता गर्यो भने यी समूहहरुपनि मतियारका रुपमा फस्न सक्ने कानुन व्यवसायीहरुको तर्क छ । 
हामीले यस विषयमा बुझ्न अभानी एड एडभर्टाईजिङका बिशाल पुरुष ढकाललाई सम्पर्क गरेका थियौं । तर उनलाई सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन । त्यसपछी हामीले यो बिज्ञापन बनाउने कम्पनी होन्डामा यस विषयमा बुझ्न सम्पर्क गरेका थियौं । हाम्रो फोन उठाउनेले यो कुरा मार्केटिङ विभागमा थाहा हुने भन्दै उनलाई फोन ट्रान्सफर गर्ने त बताईन् तर फोन त्यतिकैमा काटियो । स्मरण रहोस् अभानीमात्र होइन नेपालका अन्य केहि विज्ञापन एजेन्सीहरुले पनि नेपालको राष्ट्रिय झण्डासम्बन्धि प्रचलित कानुनलाई मिचेर बिज्ञापन बनाइरहेका छन् । तीमध्ये कतिपय कम्पनीका कर्तुतहरु हामीले सार्वजनिक गरिसकेका छौं भने बाँकि एजेन्सीको एक-एक गरी गर्दैछौं । यसो त अभानी एडभर्टाईजिङले विज्ञापन निर्माणका नाममा अरु थुप्रै बदमासीसमेत गरिरहेको छ । यस विषयमा हामी निरन्तर फलोअपमा छौं र आगामी अंकमा उक्त एजेन्सीका कर्तुतहरु एक-एक गरी प्रकाशन गर्दै जानेछौं ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: