×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यातायात व्यवसायीसँग हार्यो सरकार : दशैंको मुखमै सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिन्डिकेट हटाउन लागि परेको सरकार अन्तत: यातायात व्यवसायीसँग हार खाएको छ ।  दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गर्ने सहमति गरेर सरकार हार खाएको हो । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । सरकार र व्यवसायीहरु बीच भएको वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्नेसमेत सहमति पनि भएको छ । सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: