×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अव ‘च्वाइसमान्डु’ मार्फत गरौँ शपिङ : इएमआइमार्फत मोबाइलसमेत खरिद गर्न सकिने, अन्य सुविधा यस्ता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नयाँ ‘अनलाइन मार्केट प्लेस’का रुपमा अनलाइन पोर्टल ‘च्वाइसमान्डु’ सञ्चालनमा आएको छ ।अनलाइन शपिङ पोर्टलको भिन्न प्रयोग, र प्रविधिसहितको उक्त पोर्टल शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन भएसँगै औपचारिक रुपमा सञ्चालनमा आएको हो । चार्टड एकाउन्टेन्ट कुनाल कायल, र हास्य कलाकार सागर लम्साल ‘बले’ले संयुक्त रुपमा उद्घाटन गरेको च्वाइसमान्डु चार्टड एकाउन्टेन्ट सफल वाग्ले, कम्प्युटर इन्जिनियरिङका विद्यार्थी प्रशान्त चौलागाईं र आइटी बिज्ञ सुनील चौलागाईंसहितको समूहको अगुवाईमा बजारमा आएको हो । 
उद्घाटन कार्यक्रममा बोल्दै सागर लम्साल ‘बले’ ले च्वाइसमान्डुको सफलताको कामना गरे । अनलाइन शपीङ पोर्टलप्रतिको आकर्षण बढीरहेका बेला च्वाइसमान्डू बजारमा आएकाले यसले बजारमा ग्राहकहरुको मन जित्ने आशा समेत उनले व्यक्त गरे । कार्यक्रममा बोल्दै चार्टड एकाउन्टेन्ट कुनाल कायलले सिएको समेत अगुवाईमा भएको फरक कामले सफलता पाउने कुरामा आफु विश्वस्त भएको बताए । कार्यक्रममा नेपाली सिए क्षेत्रका हस्तीहरु, आइटी बिज्ञ तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो । 
च्वाइसमान्डुमा १० हजारबढी समानहरु सूचीकृत रहेको च्वाइसमान्डू सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सफल वाग्लेको भनाइ छ । उनका अनुसार बजारमा शपिङ पोर्टल, वा इ कमर्श साइटभन्दा च्वाइसमान्डूले अनलाइन मार्केट प्लेसको रुपमा आफुलाई बिकास गरेको बताउँदै यसबाट ग्राहकहरुले उच्चतम सुविधा पाउनेसमेत दावी गरेका छन् । च्वाइसमान्डुले दशैंको सेल अफर समेत छिट्टै ल्याउने र इएमआइ मार्फत मोबाइल खरिद गर्न सकिने लगायतका निकै आकर्षक अफरहरु पनि ल्याएको वाग्लेले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: