×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE: काठमाडौँ मेडिकल शिक्षण अस्पतालको चरम लापरवाही, भिडियोमा हेर्नुहोस् घटनाको सनसनीपूर्ण खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कोटेश्वर बस्ने रजिता खड्का । उमेर १८ बर्ष । सानोमा निमोनिया बिग्रिएका कारण बिरामी परिरहन्छिन् उनी । स्वासप्रस्वासमा समस्या छ र धेरैपटक अस्पताल धाउनुपर्ने बाध्यता छ परिवारसँग । र जव जव अस्पताल लैजानु पर्यो उनीहरु काठमाडौँको सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि जान्छन् । यसअघि पनि थुप्रै पटक केएमसीमा उपचार गराइएको छ । तर अहिलेसम्म निको भएको छैन । यो त फरक पाटो भयो । तर यसपाली भने बिरामी र परिवारले काठमाडौँ मेडिकल कलेजमा डाक्टरहरुको लापरवाही मात्र देख्नु परेन, बिरामीमाथि डाक्टरहरुले गरेको दुर्व्यवहार पनि सहनुपर्यो ।


घटना बिहिबारको हो । १८ बर्षीय राजितालाई फेरी रोगले च्याप्यो । स्वास प्रस्वासमा समस्या भएपछी उनलाई परिवारले अस्पताल पुर्याए । तर अस्पतालमा जुन खालको रबैया उनले देखिन्, उनले अस्पतालमा बस्नु भन्दा बरु घर नै फर्कन उचित ठानिन् । रगत जांचका लागि लगिसकिएको भएपनि फेरी हिराबहादुर नामको ‘पेसेन्ट’ भन्दै पुन: आफ्नो रगत निकालिएपछी उनी अस्पतालमा रहीरहन सकिनन् । त्यसमाथि पनि जव उनी र उनको परिवारले अस्पतालले दिएको इसीजी रिपोर्ट हेरे, तव अस्पताल कतिसम्म जिम्मेवारहिन छ र अस्पतालमा कतिसम्म लापरवाही हुन्छ भन्ने देखियो । इसिजी रिपोर्टमा उनको लिङ्ग पुरुष भनेर लेखिएको छ । यस्तै १८ बर्षकि उनको उमेर २९ बर्ष लेखिएको छ । त्यतिसम्म त झुक्किएकि भन्ने पनि भयो होला । तर जव इसिजी रिपोर्टमा उनको तौल २५५ केजी भनेर देखाइयो, उनी र परिवार नआत्तिने कुरै भएन । रिपोर्टमा ब्लड प्रेसर र आफ्नो उचाईं पनि अपत्यारिलो आयो । त्यसपछि परिवारलाई उक्त रिपोर्ट आफ्नो बिरामीको नभएको शंका लाग्यो । तर यसबारे डाक्टरलाई सोध्दा उनीहरु उल्टै झर्किएको आरोप छ परिवारको । 
आफ्नै आँखा अगाडी यस्तो अपत्यारिलो रिपोर्ट आउनु र अर्कै पेसेन्टको रगत निकाल्नुपर्ने ठाउँमा आफ्नो रगत २-२ पटक निकालिएपछि राजिताले अस्पतालमा बस्न मानिनन् । र त्यसपछी उनीहरु परिवारकै सल्लाहमा घर फर्किए । बिरामी र बिरामीका परिवारलाई अस्पतालप्रति यतिसम्म विश्वास भएन कि उनीहरुले डाक्टरले लेखिदिएको औषधी पनि चलाएनन् । चलाउन् पनि कसरी रिपोर्टमा हुँदै नभएको र पत्याउनै नसकिने तथ्यांक आएको थियो । अस्पतालमा उनीहरुको कुरा सुन्ने कोहि भएनन् । त्यसपछि बिरामीलाई अस्पतालबाट घर ल्याइयो र उनका परिवार न्यायका लागि भौतारिए ।
यहि क्रममा उनीहरु मिडियाको शरणमा आइपुगे । अर्थ सरोकारको कार्यालय खोज्दै आएका उनका मामा भन्दै थिए, ‘अस्पतालको लापरवाहीले सिमा नाघ्यो, मिडियाले बोलिदिनु पर्यो ।’ उनको र बिरामीको कुरा सुनेपछि हामी काठमाडौँ- सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजमा पुग्यौं । अस्पताल प्रशासनमा पुगेर जव हामीले घटनाबारे बुझ्न खोज्यौं, अस्पतालकि प्रसासनमा रहेकी डाक्टरले घटना बारे बुझेजस्तो गरिन् । उनले इसीजी रिपोर्टमा गलत तथ्य भएको त स्वीकारिन् तर अस्पतालको लापरवाही नै हो भन्ने कुरा भने स्वीकार्न मानिनन् । बिरामी र केहि अन्य संचारगृहका पत्रकारसँगै गएका हामीसँग बोल्दै जाँदा अस्पतालको लापरवाही भएको थाहा पाउनेबित्तिकै उनी अलि हच्किइन् ।
उनले डाक्टरलाई फोन त गरिन तर डाक्टर हामीसँग भेट्न आउन चाहेनन् । बिरामीका अभिभावक र हामीले सोधेको प्रश्नको कुनै पनि चित्त बुझ्दो जवाफ थिएन उनीसँग । जति नै मोटो भएपनि १८ बर्षीय किशोरीको तौल २५५ कसरी भयो ? महिलाको इसीजी रिपोर्टमा पुरुष भनेर कसरी आयो र ब्लड प्रेसर २५५ भनेको के हो ? हामीले सोधेका कुनै पनि प्रश्नको उत्तर थिएन उनीसँग ।
बिरामीका आफन्तहरु भन्दै थिए, यस्तो गलत काम गर्नेलाई कारवाही हुनुपर्छ ।’ अझ बिरामीका आफन्तले प्रसासनसँग आफ्नो मात्र नभई अस्पतालमा आउने अधिकांसको भोगाई उस्तै रहेको समेत आरोप लगाउँदै थिए। तर बिरामीका आफन्तहरुले लगाएको आरोपको कुनै पनि उत्तर थिएन, प्रसासन सँग । बरु घटना बारे बुझ्न आएका पत्रकारहरुलाई भिडियो नखिच्न आग्रह गरिरहेकी थिइन् । तर अस्तपालले गरेको यस्तो लापरवाही बाहिर नल्याउने कुरै भएन । हामीले बिरामीका गुनासो र प्रशासनको जवाफ हाम्रो गोप्य क्यामरामा कैद गरिरहेका थियौं।
हामीले बिरामीको वजन रिपोर्टमा २५५ केजी भनेर आएको छ, हामीले नबुझेका पो हौँ कि भनेर सोध्यौं । उनले त उल्टै प्रिन्ट मिस्टेक भएको हुनसक्ने गैरजिम्मेवार जवाफ दिइन्। उनले सम्बन्धित् व्यक्ति नभई आफुले यसबारे यसै भएको हो भन्न नसकिने बताईन् । हामीले जव कुन डाक्टरले जाँचेको हो उहाँलाई बोलाइदिनुहोस भनेर आग्रह गर्यौं, उनी बाहिर निस्किन । हामीलाई उनको व्यवहारमा शंका लागेपछि हामी पनि उनलाई फलो गर्न थाल्यौं । केहि बेर उनी डाक्टरसँग कुरा गरिन् । घटनाबारे जानकारी पनि गराइन् । तर जव उनी पुन: हामी कहाँ आइन्, उनको जवाफ थियो, ‘उहाँ डाक्टर हुनुँदोरहेनछ ।’
बिरामीहरु डाक्टरहरुले गर्ने अभद्र व्यवहारको कुरा गर्दै थिए, त्यति नै बेला अस्पतालकि डाक्टर आइपुगिन् । जव बिरामीका आफन्तले थर्काउने उहाँ नै हो भनेर कुरा निकाले उनी त्यहीं झर्कीइन् । त्यसपछि बिरामीका आफन्तले नाचाहिने रगत निकालेको, निकाल्ने बित्तिकै डस्टबिनमा फालेको, एमरजेन्सीमा बिरामीहरुले अरु खाले दुख पनि पाएको लगायतका गुनासो पोखिरहे । डाक्टरहरु भन्दै थिए, अलि अलि गल्ती भएको हो । तर उनीहरुसँग अरु खास जवाफ थिएन ।
मानवीय त्रुटी हुनु स्वाभाविक हो । तर केएमसी अस्पतालले कहिले मेसिनलाई दोष दिएर त कहिले केलाई दोष दिएर जसरी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छ, त्यो सरासर गलत छ । असपतालले गल्ती गरेको स्वीकार्ने तर लापरवाही नसुधार्ने परिपाटीले अझै पनि थुप्रै राजिताहरुको स्वास्थ्यमा खेलबाड भइरहेको छ । राजिता खड्का त एउटी प्रतिनिधि पात्र मात्र हुन् । यस्ता थुप्रै उदाहरणहरु काठमाडौँ मेडिकल कलेजमा भएको आरोप आइरहंदा अस्पताल प्रशासन यस विषयमा गम्भीर हुन आवश्यक छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: