×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमइ बैंक ‘भ्याकेन्सी प्रकरण’ : सीइओले बोल्न नमानेपछि अध्यक्ष चन्द्र ढकालले दिए यस्तो जवाफ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ग्लोबल आइएमइ बैंकले चार्टड एकाउन्टेन्टहरुलाई मेनेजमेन्ट ट्रेनीमा भ्याकेन्सी खुलाएपछी एकाएक विवादमा आएको ग्लोबल आइएमइ बैंकप्रति चार्टड एकाउन्टेन्टहरु रुष्ट बनेका छन् । कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सीइओ र सीएफओ पदमा सिए हुनुपर्ने माग उठिरहेका बेला ग्लोबल आइएमइ बैंकले सिएहरुकै बेइज्जत हुनेगरी भ्याकेन्सी निकालेपछी अहिले नेपाली सिए क्षेत्रमा ग्लोबल आइएमइ बैंकको तीब्र बिरोध हुन थालेको छ । ग्लोबल आइएमइ बैंकको यस्तो ‘रबैया’ले काउन्सिल सदस्यहरुपनि रुष्ट भएका बेला हामीले बैंकका अध्यक्ष चन्द्र ढकालसँग यहि विषयमा कुराकानी गरेका छौं । 
‘म देश बाहिर थिएँ, मलाई जानकारी छैन, भएको के रहेछ बुझेर सकारात्मक पहल गर्छु’
बिहिबार अर्थ सरोकारका सम्पादकसँगको भेटमा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले आफुलाई यस विषयमा थाहा नभएको स्पष्ट पारेका छन् । ‘सिएजस्तो सम्मानित पेशामाथि नियोजित धावा बोल्यो बैंकले भन्ने आरोप चौतर्फी छ । एक पटक गरेको गल्तीमा माफी माग्ने अनि फेरी सोहि काम गर्ने त सिएहरुलाई पेलेको नै भयो नि !’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘म विदेश गएको थिएँ, यस विषयमा मलाई जानकारी छैन, म बुझेर के भएको रहेछ सकारात्मक पहल गर्छु ।’ झन्डै आधा घन्टाको कुराकानीमा उनले सिए पेशा, नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था लगायतका बारेमा पनि जिज्ञासा राखेका थिए । कुनै पनि पेशालाई होच्याउने आफ्नो कुनै पनि उदेश्य नहुने र हुन पनि नहुने स्पष्ट पार्दै उनले यस विषयमा के भएको रहेछ बुझेर सकारात्मक पहल गर्ने प्रतिबद्धता दोहोर्याए । 
भएको के हो ?
केहि समय अगाडी ग्लोबल आइएमइ बैंकले मेनेजमेन्ट ट्रेनीमा चार्टड एकाउन्टेन्ट माग्यो । अर्थ सरोकारले यसबारे समाचार छापेपछी नेपाली लेखा व्यावासायीहरुको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का तत्कालीन अध्यक्ष प्रकाश जंग थापाले आफैं बैंकका एचआर प्रमुख भवानी ढकाललाई भेटे र यो गल्ती सच्याउन आग्रह गरे । बैंकले पनि आउटसोर्स कम्पनी आस्कमी मेनेजमेन्टको गल्तीका कारण यस्तो भएको भन्दै भ्याकेन्सी सच्याउने बतायो । आउटसोर्स कमपनीलाई दोष दिएर नै सहि, बैंकले आफ्नो गल्ती सच्यायो । आइक्यानका पूर्व अध्यक्ष प्रकाशजंग थापाका अनुसार बैंकले आइक्यानलाई माफी पत्र पनि पठाएको छ । तर प्रकाशजंग थापा बाहिरिएर आइक्यानमा नयाँ अध्यक्ष आउने बितिकै सोहि बैंकले नयाँ अध्यक्षलाई हेप्ने गरी र समग्र सिए पेशा नै बदनाम हुने गरी मेनेजमेन्ट ट्रेनीमा चार्टड एकाउन्टेन्ट मागेको छ ।
यसअघि सोहि बैंकले आफ्नो गल्ती स्वीकार्दै आइक्यानसँग माफी मागेको थियो । यसअघि युनाइटेड फाइनान्सले पनि मेनेजमेन्ट ट्रेनीमा सिएहरु मागेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि फाइनान्सले आफ्नो भ्याकेन्सी सच्याएको थियो । यसरी नयाँ नेतृत्वको कमजोरीको फाइदा उठाउँदै बैंकहरुले यसरी नै पेल्ने हो भने कुन दिन ट्रेनी एसिष्टटेन्टमा पनि सिए नामागीएला भन्न सकिन्न भन्ने चर्चा अहिले नेपाली सिए क्षेत्रमा छ । यसो त पछिल्लो समय यसबारे कोहि पनि बोल्न तयार छैनन् । हामीले यस विषयमा बुझ्न आइक्यानका अध्यक्षलाइ सम्पर्क गर्दा उनले आफु व्यस्त भएको मेसेज पठाए । ग्लोबल आइएमइ बैंकका एचआर प्रमुख भवानी ढकालपनि यो विषयमा बुझ्न सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । हामीले बैंकमा फोन गरी भवानी ढकालको प्रतिक्रिया माग्न खोज्दा उनले फोन नै उठाएनन् ।
बोल्नै मान्दैनन् सीइओ !
यता बैंकमा कार्यरत केहि उच्च अधिकारीहरुले भने बैंकमा सीइओको ठाडो निर्देशनमा यस्तो गरिएको दावी गरेका छन् । ‘सीइओ सापलाइ कसको के रिस हो कुन्नि ? तर एचआरमा उहाँले नै मेनेजमेन्ट ट्रेनीमा सिए माग्नु भनेर एचआर प्रमुखलाई निर्देशन दिनुभएको हो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘पहिला बैंकले आइक्यानसंग यहि विषयमा माफी मागेको थियो । आइक्यानमा नयाँ नेतृत्व आएछ । त्यसपछि त उसलाई (आइक्यानको अध्यक्षलाई) म कुरा गरौँला भनेर सीइओबाट नै यस्तो आदेश आयो ।’ यस विषयमा बुझ्न हामीले ग्लोबल आइएमइ बैंकका सीइओ जनक शर्मा पौड्याललाई फोन गर्यौं । यसअघि पनि बैंकका विभिन्न काण्डबारे उनीसँग प्रश्न सोधेका हाम्रो फोन उनले यसपाली पनि उठाएनन् । चन्द्र ढकालले हामीसँग गरेको प्रतिबद्धतालाई पूरा गर्छन् वा उनको पनि गफ नै हुने हो ! त्यो भने हेर्न बाँकी नै छ । 
यी सामाग्री छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: