×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश विकास बैंक नँया शाखा कास्कीको हेम्जा शाखामा, महानगरपालिका मेयर जि.सी.ले गरे उद्घाटन

कैलाश विकास बैंक लिमिटेडको कास्की हेम्जा शाखाको भाद्र २२ गते शुक्रबारका दिन औपचारिक समुद्घाटन सम्पन्न भएको छ । उक्त शाखाको उद्घाटन पोखरा–महानगरपालिका मेयर मान बहादुर जि.सी.ले एक समारोहका बिच गरेका थिए । उक्त समारोह संस्थाको संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । 
कैलाश विकास बैंकको यस शाखाबाट सबै प्रकारका कर्जा, निक्षेप, रेमिटान्स, कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने छन् । हाल यस बैंकको शाखा संख्या ६८ पुगेका छन् भने ATM संख्या २७ पुगेका छन् । बैंकले निकट भविष्यमा झापाको बिर्तामोड, सुर्खेतको छिन्चु बजार,सुनसरीको धरान लगायत अन्य विभिन्न ठाउँहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२२ अर्व ८६ करोड निक्षेप संकलन गरी रु.२० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ भने २०७४/०७५को अपरिष्कृत वित्तीय बिवरण बमोजिम ५५ करोड १३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएकोछ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
यस संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यसपछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको छ भने नेपाल राष्ट्र बैंकको रजत जयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत अन्य सम्मानहरु समेत प्राप्त गरेको छ । यस संस्थालाई South Asian Federation of Accountants (SAFA) द्वारा वित्तीय क्षेत्र तर्फको Best Presented Annual Report Award and SAARC Anniversary Awards For Corporate Governance Disclosure 2016  द्वारा सम्मानित भएको छ । यसबाट यस संस्था दक्षिण एशिया कै वित्तीय संस्थाहरु मध्ये उत्कृष्ट रहेको प्रमाणित गरेको छ ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: