×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

केपी ओलीले मागे सांसदसँग गुहार !

काठमाडौँ – नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको बताएका छन् ।
बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यो भन्दा निरिह बनेको आफूले अहिलेसम्म नदेखेको जिकिर गरे । ‘राज्य कतिसम्म निरिह बनेको छ भने केपी ओलीले संसदहरुसँग गुहार माग्नुहुन्छ, किन सरकारको प्रतिरक्षा नगरेको भन्नुहुन्छ’ उनले भने ‘ प्रधानमन्त्रीहरुले यस्तो कहिले बोलेको सुनेको थिइन । प्रधानमन्त्रीले अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीयलाई उचाल्नुहुन्छ ।’
नेता गच्छदारले प्रधानमन्त्रीले सत्तापक्षका सांसदलाई उचालेर देशलाई मुठभेडमा लैजान खोजेको आरोप लगाए । प्रधानमन्त्री ओलीले विगतमा सर्वपक्षीय बैठकहरुमा संघीयता विरोधी अभिव्यक्ति दिने गरेको भन्दै नेता गच्छदारले प्रधानमन्त्री भएका बेला संघीयता असफल बनाउन खोजेको आरोपसमेत लगाए ।
सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको भन्दै सत्तापक्षले नै सरकारको विरोध गरेको पहिलो पटक देखेको गच्छदारले टिप्पणी गरे । ‘सत्ता पक्षबाटै सरकारको आलोचना । आलोचनामात्रै होइन सरकारको निरिहताबारे, सरकारको क्रियाकलापप्रति लज्जाबोध गर्ने खालको अभिव्यक्ति आएको छ । २६–२७ वर्षको इतिहासमा यस्तो पाएको थिइन’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: