×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गौशालाबाट व्यापारी विनोध चौधरीको पाँच लाख रुपैयाँ लुटियो, लुटेराहरु फरार, अनुसन्धान गर्दै प्रहरी !

  • अर्थ सरोकार सम्बाददाता 
महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकाबाट हतियारधारी समूहले एकजना व्यक्तिको साथबाट पाँच लाख रुपैयाँ लुटेको खबर छ । मोटरसाइकलमा आएका दुईजना ब्यक्तिले हतियार देखाएर धान व्यापारी विनोध चौधरीको पैसा लुटेका हुन् । मंगलवार दिउँसो गौशालातर्फ आइरहेकाबेला गौशाला-५ स्थित मरहा नदीमा मोटरसाइकलमा आएको समूहले हतियार देखाएर उनको रकम लुटेका हुन् । उनी मनरासिस्वा नगरपालिकाका वासिन्दा हुन् । चौधरी धान ब्यापारी हुन् ।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार गौशाला नगरपालिकास्थित एक राइस मिलबाट रकम लिएर आइरहेका विनोद चौधरीको साथाबाट उक्त रकम लुटिएको हो । लुटेराहरु सर्लाहीबाटै ब्यापारी चौधरीलाई मोटरसाइकलमा पछ्याउँदै आएको प्रहरी निरीक्षक भोला भट्टले बताए । केही महिनाअघि माइस्थान गौशाला सडकखण्डमा दिलसा टेडर्सको रकम लिएर बर्दिवासतर्फ आउँदै गर्दा १२ लाख रुपैयाँ लुटपाट भएको थियो । लुटपाटमा संलग्न अहिलेसम्म पत्ता लागेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: