×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैँको मुखमा आयल निगमको जनता रुवाउने निर्णय, फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ ! (मूल्यसूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । आयल निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । अब काठमाडौंमा पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढेको छैन ।
पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएका कारण भारतको इण्डियन आयल कर्पोरेशनले १६ सेम्टेम्बरमा मूल्य बढाएर पठाएको थियो । त्यसै अनुसार नेपालमा पनि मूल्य बढाएको गोइतले बताए । अहिले पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर २८ रुपैयाँ ४४ पैसा सस्तो रहेको निगमको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: