×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रातारात कसरि मिल्यो कुरा ? साउनमा गुणस्तरहीन प्रमाणित भएको सिमेन्ट भाद्रमा फेरी गुणस्तरीय कसरी भयो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अगाडी घोराही सिमेन्टको ओपीसी सिमेन्ट गुणस्तर नभएको भन्दै विक्री वितरणमा रोक लगाइएको भएपनि कम्पनीले पुन: गुणस्तरको स्वीकृति पाएको छ । अचम्मको कुरा त के छ भने २०७५ साल साउन १६ गते जिल्ला प्रसासन कार्यालयले जारी गरेको प्रेस नोटमा नमूना परिक्षणका क्रममा सिमेन्ट गुणस्तर अनुरुप नभएको प्रतिवेदन आएको तथ्य उल्लेख थियो । तर केहि दिन अघि पुन: जिल्ला प्रसासन कार्यालयले  सिमेन्ट नेपाल गुणस्तर तथा नापतौल विभागले घोराही सिमेन्ट उद्योगको ओ.पि.सि. सिमेन्टको नमूना परिक्षण गर्दा मापदण्ड अनुरूप रहेको भन्दै विक्री वितरण खुलाउन पत्र काटेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग परिक्षण तथा बजार अनुगमन शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएर परिक्षण नतिजाको बारेमा जानकारी गराएको हो  । 
केहि समय अगाडी उक्त सिमेन्टको विक्री वितरणमा रोक लगाइएको थियो । त्यो बेला अनुगमनका क्रममा सिमेन्टमा कैफियत देखिएको भन्दै नमूना परिक्षण गर्ने र हालका लागि विक्री वितरण नै बन्द गर्ने भन्ने निर्णय भएको थियो । तर केहि समयमा नै यसरी अचम्म तरिकाले सिमेन्ट फेरि गुणस्तर छ भन्ने नतिजा आउनुलाई स्थानीयले शंकाको दृष्टीले हेरेका छन् । नमूना परिक्षणका क्रममा ओ.पि.सि.सिमेन्ट नेपाल गुणस्तर ४९ अनुसार ठिक रहेको जानकारि जिल्ला प्रशासन कार्यालयलाई गराएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले सो सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि उत्पादन तथा विक्री वितरणमा रोक लगाएको थियो ।  
एक महिना अघि जिल्ला प्रसासन कार्यालयले परिक्षणमा गुणस्तरअनुरुप नभएको भन्दै विक्री वितरण गर्न रोक लगाएको सिमेन्ट एक महिनामै पुन: परिक्षणबाट गुणस्तरीय आउनुका पछाडी केहि रहस्य पकै रहेको स्थानीयहरुको तर्क छ । यो प्रक्रियामा व्यापक चलखेल भएको भन्दै जिल्ला प्रसासन कार्यालय बर्दिया, सगरमाथा सिमेन्टका मालिक लगायत केहि विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको तयारीसमेत उपभोक्तावादीहरुले गरिरहेको खबर अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । 
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: