×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम सहकारीमा ४ करोड ठगी प्रकरणमा दोषी ठहर भएपछि तीन सञ्चालक जेल चलान, ९ जना अझै फरार !

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ- प्राइम बचत तथा ऋण सहकारीको नाममा बचतकर्ताको करिब ४ करोड रकम ठगी गरेको आरोप लागेका १२ जना मध्ये तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधिश दिपक खनालको इजलासले बुधबार तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । र्इन्द्रलाल श्रेष्ठ, र्इश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदीलाई कारागार चलान गरिएको छ ।ठगी मुद्दामा इन्द्रलाल श्रेष्ठ, इश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदीबाहेक अन्य ९ जना फरार छन् ।
संस्थाकी तत्कालिन सञ्चालक सदस्य ४८ वर्षीय गोमा श्रेष्ठ, तत्कालिन सचिव ५५ बर्षिय गणेशबहादुर श्रेष्ठ, कोषाध्यक्ष ४२ बर्षिय सुनिता दंगाल, गोपाल साह, बिमलादेवी सारदा भन्ने सारदादेवी बिमला उदास र पोखरा महानगरपालिका ८ का अनिल जोशीविरुद्ध पनि ठगी मुद्दा दायर भएको थियो ।
२ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ फिर्ता नदिएको निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । र, साेही अनुसार बिगो माग दाबी गर्दै सहकारीका प्रमुख विराटनगरका ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षीय ईश्वर श्रेष्ठ, उपाध्यक्ष बिराटनगर ३ का ४० वर्षीय विष्णुप्रसाद सुवेदी, सहकारीको कोषाध्यक्ष ४५ बर्षिय लिला खानम र संस्थाका सेयर सदस्य सन्तोष भनिने तेजप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: